काठमाडौं : सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ । ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र टे«डिङ खाताका साथै सि आस्वा र मेरो शेयरको आवेदन पनि दिन सक्ने छन् ।
साथै, थ्री इन वान पोर्टलको ड्यास बोर्डमा बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरिएको छ । यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्ने छन् । खाता भइसकेका ग्राहकले समेत यसबाट सि आस्वा तथा मेरो शेयरको सुबिधा लिन सक्ने छन् ।
सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट शेयर खरिद र बिक्री गर्न सक्ने छन् । यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटबाट थ्री इन वान एकाउन्टमा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ ।
आईपिओ मार्फत् शेयर खरिद गर्नु भएका ग्राहकहरु समेत केही प्रकृयाहरु पूरा गरी सानिमा थ्री इन वान खाता मार्फत सजिलै शेयर बिक्री गर्न मिल्ने सुबिधा यस खातामा रहेको छ । सानिमा बैंककोे सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।