बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बचतकर्ताको हितमा कुटुम्ब सहकारी सदैव प्रतिवद्ध

आइतबार, असोज ३० २०७९

संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न, बढायो ३८ दशमलव ५६ प्रतिशतले शेयर पुंजी 

काठमाडौं, आफ्ना आम बचतकर्ताको हितमा सदैव प्रतिवद्ध रहेको कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाले ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ कोटेश्वरमा कार्यालय रहेको संस्थाले शनिवार आफ्ना बहुसंख्यक सेयरधनी एवं बचतकर्ताहरुको उपस्थितीमा भव्यरुपमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।  

सभा मार्फत संस्थाका सञ्चालक समिती अध्यक्ष सुदिप कुमार खनालले संस्थाको वार्षिक नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्दे ती नीति तथा कार्यक्रमहरु पारित गरेका छन् । ति नीति तथा कार्यक्रमहरुमा नीति तथा कार्यविधी निर्माण तथा अध्याबधिक गर्ने, मापदण्डहरु पालना गर्ने, नवीनतम प्रविधिको प्रयोग गर्ने, योजनाहरुको समिक्षा गर्ने, गुणस्तरीय सेवा प्रदान गर्ने, संस्थामा सुशासन कायम गर्ने, समिती, उपसमितीको कार्यगत क्षमता बिकास गर्ने, संस्थाको पल्स स्तर कायम गर्ने, संस्थाको कार्यक्षेत्र भित्र सदस्यता बृद्धि गर्ने, तरलता व्यवस्थापन गर्ने, भाखा नाघेको ऋणको असुली तथा ऋणको सुरक्षण गर्ने, बचत तथा ऋण सेवाको बिकास तथा अधावधिक गर्ने, सदस्य सन्तुष्टीको सर्वेक्षण गर्ने, समय सापेक्षरुपमा व्याजदर निर्धारण गर्ने, सदस्यहरुको लागि सम्मान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, प्रभावकारी कार्य व्यवस्थापको लागि भौत्तिक संरचना निर्माण गर्ने, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्ने, कर्मचारीहरुको लागि प्रोत्साहन र क्षमता बिकासका कार्यक्रमहरु सञ्चालन गर्ने र सहकारी ऐन नियमको पुर्ण पालना गर्ने आदि रहेको अध्यक्ष खनालले जानकारी दिएका छन् ।  

kutumba1.jpg 

सो अवसरमा अध्यक्ष खनालले संस्थाले मासिक अनिवार्य बचत अन्तर्गत बिगत छ बर्षदेखि कुटुम्व सुनिश्चित भविष्य बचत र  बिगत तीन बर्षदेखि सबै सदस्यहरुलाई आफ्नो क्षमता अनुसारको बचत गर्नको लागि मासिक दुई सय रुपैंयामा मेरो बचत, मासिक पाँच सय रुपैंयाँमा कुटुम्व सुनौंलो बचत, मासिक एक हजार रुपैयाँमा कुटुम्व समृद्धि बचत र मासिक दुई हजार रुपैंयाँमा कुटुम्ब सुपर बचत खाताहरु सञ्चालन गर्दे आएको जानकारी दिएका छन् । साथै नियमित बचत योजनामा छुटेका सदस्यहरुलाई ध्यानमा राख्दै संस्थाले मासिक पाँच हजार रुपैंयामा कुटुम्ब हाम्रो बचत र मासिक १० हजार रुपैंयाँमा कुटुम्व उज्वल बचत योजनाहरु सञ्चालन गरेको जानकारी पनि अध्यक्ष खनालले दिएका छन् । यि सबै किसिमका बचत खाताहरुमा चालु आर्थिक बर्षको भाद्र मसान्त सम्ममा दुई सय ६४ जना सदस्यहरु सहभागी भईसकेको र यो संख्या अझै बढ्ने उनले बताएका छन् । साथै संस्थाको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद गौतम ले प्रस्तुत गरेका थिए । लेखा सुपरिवेक्षण समितिको तर्फ वाट नारायण प्रसाद भट्टराई ले प्रस्तुत गरेका थिए । साधारण सभा निर्वाचन समितिले लेखा समिति सदस्य रिना खड्कालाई निर्वाचित गरेको छ । संस्थाले आर्थिक बर्ष २०७८–०७९ मा व्याज आम्दानी वापत ७१ लाख ६२ हजार पाँच सय नौं रुपैंयाँ र अन्य आम्दानी वापत १४ लाख २० हजार सात सय ५३ रुपैयाँ समेत गरी कुल ८५ लाख ८३ हजार दुई सय ६२ रुपैंयाँ आम्दानी गरेको छ । 

संस्थाको आव २०७७–०७८ मा शेयर पुंजी एक करोड ९९ हजार तीन सय रुपैंयाँ रहेकोमा आव २०७८–०७९ मा अघिल्लो आवको तुलनामा ३८ दशमलव ५६ प्रतिशत रकम थप गरी एक करोड ३९ लाख ९४ हजार रुपैयाँ पुर्याईएको र चालु आवमा अझै बढाईने जानकारी पनि अध्यक्ष खनालले दिएका छन् ।

kutumba 2.jpg