बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै बढ्यो

बिहिबार, असोज २७ २०७९

जलबिद्युत बाहेक सबै समुहले कमाए

काठमाडौं, साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से सुचक तथा कारोबार रकम दुबै बढेका छन् । अघिल्लो दिन बढेको नेप्से आज पुन चार दशमलव १५ अंकले बढेर १८ सय ७० दशमलव ६३ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि शुन्य दशमलव ९५ अंकले बढेर तीन सय ६७ दशमलव १४ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय २२ वटा कम्पनीहरुको १७ हजार एक सय ४५ पटकको कारोबारमा २६ लाख ९८ हजार तीन सय ४७ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम ८२ करोड ९६ लाख ४६ हजार नौं सय २० रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको भएकोमा जलबिद्युत समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ९४ अंकले बढेर १३ सय आठ दशमलव २९ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ३४ दशमलव एक अंकले बढेर तीन हजार चार सय २६ दशमलव ८५ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ३२ दशमलव ६१ अंकले बढेर सात हजार पाँच सय ३८ दशमलव ५३ अंंकमा पुग्दा जीवन बीमा, फाईनान्स, ट्रेडिङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहहरुको सुचक पनि बढेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अभियान लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युचुअल फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा नबिल बैंक पहिलो स्थानमा परेको छ ।