तीन वटा समुहले कमाउँदा १० वटा समुहले गुमाए
काठमाडौं, नेप्से सुचक तथा कारोबार रकम दुबैमा गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार पनि १६ दशमलव छ अंकले घटेर १८ सय ५५ दशमलव १६ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि तीन दशमलव २१ अंकले घटेर तीन सय ६३ दशमलव ६३ अंकमा पुगेको छ । आज दुई सय २९ वटा कम्पनीहरुको १२ हजार दुई सय ९३ पटकको कारोबारमा १७ लाख ६७ हजार छ सय ९२ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम ५५ करोड २७ लाख १२ हजार आठ सय ८५ रुपैंयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा ट्रेडिङ्ग, होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहको सुचक बढेपनि बाँकी १० वटा समुहहरुको सुचक घटेका छन् । ति बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ७१ अंकले घटेर १३ सय तीन दशमलव १२ अंकमा पुग्दा बिकास बैंक समुहको सुचक ४३ दशमलव दुई अंकले घटेर तीन हजार तीन सय २३ दशमलव ४४ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि १५ दशमलव आठ अंकले घटेर १९ सय ६४ दशमलव ७७ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ७० दशमलव ७९ अंकले घटेर सात हजार चार सय ४९ दशमलव १८ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, जीवन बीमा उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिन्धावासिनी हाईड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नबिल बैंक परेको छ ।