बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस सत्ताको हतियार मात्र हुन लाग्यो

शनिबार, असोज १५ २०७९

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठुलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका छन् । शुक्रबार काठमाडौं ४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता थापाले सो कुरा गरेका हुन् ।

केको लागि पार्टी बनाएको भन्दा चुनाव जित्न मात्रै भएको भन्दै उनले अब आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताए ।

उनले भने – ‘पार्टीभित्र ठुलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ। पार्टीलाई ठिक ठाउँमा पुर्‍याउनुपर्ने बेला आएको छ । नभए त पार्टी त केवल सत्ताको हतियार मात्र हुने भयो । केको लागि पार्टी बनाएको भन्दा त चुनाव जित्न मात्रै भयो ।’

कार्यक्रममा उनले पार्टीमा कार्यकर्तालाई समान व्यवहार हुन नसकेको भन्दै दुखेसो पनि पोखे । यस्तै उनले डेङ्गु नियन्त्रणमा पनि सरकारको ध्यान जान नसकेको पनि बताए ।