बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्सेमा भिषण पहिरो

आइतबार, असोज ९ २०७९

कारोबार रकम भने बढ्यो

काठमाडौं – नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से २३ दशमलव ८३ अंकले घटेर १८ सय १५ दशमलव १३ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि तीन दशमलव ८३ अंकले घटेर तीन सय ५५ दशमलव ६० अंकमा पुगेको छ । दुई सय २८ वटा कम्पनीहरुको २२ हजार छ सय ८३ पटकको कारोबारमा ४० लाख १४ हजार चार सय १९ कित्ता सेयर किनबेच भएका छन भने कारोबार रकम एक अर्ब सात करोड २४ लाख ८० हजार ९७ रुपैंयाँ पुगेको छ । 

आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव पाँच अंकले घटेर १२ सय ७२ दशमलव तीन अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ४९ दशमलव ३१ अंकले घटेर तीन हजार दुई सय दशमलव ४९ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ५० दशमलव २९ अंकले घटेर १९ सय ३० दशमलव ४३ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुुचक पनि ५९ दशमलव एक अंकले घटेर सात हजार चार सय २७ दशमलव ५८ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अभियान लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा तेह्थुम पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने लक्ष्मी बैंक लिमिटेड पहिलो स्थानमा परेको छ ।