बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

धनपुञ्ज बहुउद्देश्यीय सहकारी संस्थाप्रति आम बचतकर्ताको बिश्वास बढ्दै

शुक्रबार, असोज ७ २०७९

सञ्चालनमा आएको एक बर्ष नपुग्दै झण्डै छ करोडको पुंजी दायित्व, सेयर सदस्यहरु उत्साहित

काठमाडौं – धनपुञ्ज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडप्रति आम बचतकर्ताको बिश्वास बढ्दै गएको छ । काठमाडौं महानगरपालिका वडा नं ३१ बानेश्वरमा कारोबार गर्दे आएको संस्थाले कारोबार सुरु गरेको एक बर्षमा नैं प्राप्त गरेको सफलता देखेर संस्थाप्रति बचतकर्ताको बिश्वास निकै बढेर गएको हो । 

राजधानीमा नैं सञ्चालनमा रहेको धेरै वटा संस्थाहरुमा व्यवस्थापकीय कमजोरी कै कारण बिभिन्न समस्याहरु देखेर ति संस्थाहरुप्रति आमबचतकर्ताको बिश्वास घट्दै गईरहेको छ । यो अवस्थामा धनपुञ्जमा भने उच्च व्यवस्थापकीय सञ्चालक एवं व्यवस्थापन समिती, दक्ष कर्मचारी प्रशासन रहेको छ । सोहीकारण यो सहरकारीले गर्ने हरेक कारोबारहरु चुस्त दुरुस्त रहेका छन । जसले गर्दा  संस्थाप्रति आम बचतकर्ता एवं सेयर सदस्यहरुको बिश्वास बढ्दै गएको छ । संस्थाको शुक्रबार सम्पन्न भएको पहिलो बार्षिक साधारण सभा अनुसार संस्थाको सेयर पुंजी २०७९ असार मसान्तसम्ममा ६९ लाख ४५ हजार सात सय रुपैंयाँ रहेको छ । यस अवधिमा संस्थाले पाँच करोड ४३ लाख ५२ हजार सात सय ११ रुपैंयाँ ८२ पैसा बचत संकलन गरेको छ भने चालु तथा अन्य दायित्व १७ लाख ३० हजार ९२ रुपैंयाँ ६३ पैसा रहेको छ । सो अनुसार संंस्थाको २०७९ असार मसान्तसम्ममा जम्मा दायित्व छ करोड १३ लाख ७० हजार आठ सय ४९ रुपैंयाँ ५१ पैसा पुगेको छ । 

यस अवधिमा संस्थाको नगद तथा बैंक मौज्दात एक करोड ६३ लाख ३४ हजार एक सय १३ रुपैंयाँ ७८ पैसा रहेको छ भने ऋण लगानी चार करोड २२ लाख ३५ हजार एक सय ९५ रुपैंयाँ ९७ पैसा रहेको छ । संस्थाको अन्य लगानी हिसाव १० हजार, अन्य सम्पती एक लाख १२ हजार आठ सय ९१ रुपैंयाँ ५२ पैसा र स्थिर सम्पती २६ लाख ७८ हजार छ सय ४८ रुपैंयाँ २४ पैसा रहेको छ । सोही आधारमा २०७९ असार मसान्तसम्ममा संस्थाको जम्मा पुंजी दायित्व छ करोड १३ लाख ७० हजार आठ सय ४९ रुपैंयाँ ५१ पैसा पुगेको संस्थाले जानकारी दिएको छ । 

संस्थाको सञ्चालक समितीको अध्यक्ष पदमा बिकास कार्की, उपाध्यक्षमा उर्मिला शर्मा भुजेल, सचिवमा बिनोद प्रसाद चौलागाई, कोषाध्यक्षमा रञ्जु काफ्ले रहेका छन् । यसैगरी सदस्यहरुमा गिता प्रसाद पोखरेल, दिल बहादुर रम्तेल र भुवन कुमार पोखरेल रहेका छन् । संस्थाको लेखा तथा सुपरीवेक्षण समितीमा सिता दंगाल (संयोजक) र आशिष रानाभाट र बिशाल अधिकारी सदस्य रहेका छन । यसैगरी संस्थाको चार्टड एकाउन्टेन्समा बि.आर.बि.एस एसोसिएट्स र सि. ए मा बिशाल राज भुषाल (पार्टनर) रहेका छन् । संस्थाले आगामी दिनमा पनि आमबचतकर्ताहरुको हितमा रहेर सहकारी बिभागले निर्दिष्ट गरेको सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढ्ने उद्घोष गरेको छ । 

साधारण सभाका तस्बिरहरु 

308269698_1272396353516131_9174178440668872342_n.jpg