शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेप्सेमा भिषण पहिरो, सबै सुचकहरु रातै

मंगलबार, असोज ४ २०७९

काठमाडौं – नेप्सेमा आज पनि भिषण पहिरो गएको छ । आज मंगलबार नेप्से ३८ दशमलव ८१ अंकले घटेर १८ सय ३७ दशमलव ६० अंकमा पुगेको छ भने सेन्सिटिभ पनि सात अंकले घटेर तीन सय ५८ दशमलव ८७ अंकमा पुगेको छ । दुई सय ३१ वटा कम्पनीहरुको ३० हजार एक सय ३५ पटकको कारोबारमा ३८ लाख ५६ हजार पाँच सय ३८ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम एक अर्ब २२ करोड ९६ लाख ६९ हजार सात सय २२ रुपैंयाँ पुगेको छ ।  

आज १३ वटा समुहहरुको कारोबार हुंदा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २० दशमलव चार अंकले घटेर १२ सय ७४ दशमलव ५७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६९ दशमलव ४५ अंकले घटेर एक हजार नौं सय ८८ दशमलव ५६ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय १९ दशमलव ३१ अंकले घटेर सात हजार पाँच सय २३ दशमलव ५० अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय ५७ दशमलव ६१ अंकले घटेर आठ हजार सात सय ३१ दशमलव नौं अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुुचक पनि उच्च अंकले घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वाभिमान लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिका पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।