शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

 पूर्वमन्त्री एवं जसपाका नेता खोभारी राय एमाले प्रवेश

मंगलबार, असोज ४ २०७९

काठमाडौं । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता खोभारी राय नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले अध्यक्षको निवास बालकोट पुगेका पूर्व मन्त्री रायलाई पार्टीमा स्वागत गरे ।

उनीसँगै जसपाका सुनितादेवी यादव , धीरेन्द्र राय, राजमोहन राय, रामप्रवेश राय पनि एमालेमा प्रवेश गरेका छन् ।

यसैगरी जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य प्रतिनिधि सभाका निवर्तमान सांसद अमृता अग्रहरी आइतबार बालकोट पुगेर एमालेमा प्रवेश गरेका थिए ।