सामुहिक लगानी कोष बाहेक सबै समुहको सुचक घटेर रातै
काठमाडौं – नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से १३ दशमलव ५९ अंकले घटेर १९ सय १२ दशमलव ६९ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि दुई दशमलव ३९ अंकले घटेर तीन सय ७२ दशमलव ३४ अंकमा पुगेको छ । दुई सय २५ वटा कम्पनीहरुको २० हजार पाँच सय ५८ पटकको कारोबारमा २६ लाख १३ हजार पाँच सय ४० कित्ता सेयर किनबेच भएका छन भने कुल कारोबार रकम ८३ करोड १६ लाख तीन हजार छ सय ५० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी १२ वटा समुहको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव १७ अंकले घटेर १३ सय दुई दशमलव ४१ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि १६ दशमलव ९४ अंकले घटेर १६ सय तीन दशमलव ९५ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ३१ दशमलव २३ अंकले घटेर २१ सय ४९ दशमलव ३७ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि ५२ दशमलव ५५ अंकले घटेर नौं हजार ८० दशमलव ५० अंकमा पुगेको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि ४६ दशमलव ८८ अंकले घटेर सात हजार आठ सय १५ दशमलव ७२ अंकमा पुगेकोमा बिकास बैंक, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, अन्य, ट्रेडिङ र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनाईटेड इदी मर्दी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक पहिलो स्थानमा परेको छ ।