काठमाडौं – श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयरको बाँडफाँट कार्य सम्पन्न भएको छ । सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्रृजनशील लघुवित्तको प्रति शेयर एक सय रुपैंयाँ अंकित दरका तीन लाख ९३ हजार सात सय ५० कित्ता मध्ये कर्मचारी तथा सामुहिक लगानीकोषलाई वितरण पश्चात बांकि भएको तीन लाख ६८ हजार पाँच सय ९० कित्ता शेयर यही भदौ १५ गते देखि यही भदौ १९ गतेसम्म सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । जसमध्ये १८ लाख ३८ हजार सात सय ५१ दरखास्त फारामबाट कुल कुल एक अर्ब ९९ करोड ७२ लाख छ सय ८० कित्ता सेयरको लागि आवेदन प्राप्त भएको थियो ।
उक्त निष्काशनमा आवेदन दिने १८ लाख ३८ हजार सात सय ५१ जना आवेदकहरु मध्ये रित नपुगेका एक हजार तीन सय १५ जना आवेदकहरुलाई बांडफांडमा समावेश नगरी बाँकी १८ लाख ३७ हजार चार सय ३६ जना आवेदकहरुलाई एउटै समुहमा राखि ३६ हजार आठ सय ५९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट तीन लाख ६८ हजार पाँच सय९० कित्ता शेयर नियमन निकायका प्रतिनिधिहरुको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंमा शेयर बाँडफाँड कार्य सम्पन्न गरिएको संस्थाले जानकारी दिएको छ ।