काठमाडौं – नेप्से उच्च अंकले घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । नेप्से आज मंगलबार २१ दशमलव २२ अंकले घटेर १९ सय ५१ दशमलव ७९ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि तीन दशमलव ८९ अंकले घटेर तीन सय ७९ दशमलव पाँच अंकमा पुगेको छ । आज दुई सय २७ वटा कम्पनीहरुको २४ हजार छ सय २२ पटकको कारोबारमा ३२ लाख नौं हजार नौं सय ८३ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब १९ करोड सात लाख ६५ हजार छ सय १३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेपनि बाँकी समुहको सुचक भने उच्च अंकले घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव छ अंकले घटेर १३ सय २० दशमलव १३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुुचक पनि ४६ दशमलव ६३ अंकले घटेर २२ सय २३ दशमलव ३३ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय ४७ दशमलव नौं अंकले घटेर सात हजार नौं सय ३३ दशमलव २३ अंकमा पुगेको छ भने जीवन बीमा समुहकोे सुचक पनि ८५ दशमलव ६४ अंंकले घटेर नौं हजार दुई सय ३३ दशमलव ७९ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सानिमामाई हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी परेको छ ।