बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्सेमा भिषण पहिरो

आइतबार, भाद्र १२ २०७९

एकै दिन ३३ अंकले घट्यो नेप्से

काठमाडौं – नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोबार दिन आईतबार नेप्से एकै दिन ३३ दशमलव ३६ अंकले घटेर १९ सय ८९ दशमलव २६ अंकमा पुग्दा सेन्सिटिभ पनि छ दशमलव शुन्य पाँच अंकले बढेर तीन सय ८५ दशमलव ७० अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय २४ वटा कम्पनीहरुको ४३ हजार नौं सय ७७ पटकको कारोबारमा ६१ लाख ४८ हजार तीन सय ४१ कित्ता सेयर किनबेच भएका छन् भने कुल कारोबार रकम दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजार एक सय तीन रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैैंक समुहको सुचक १० दशमलव ५२ अंकले घटेर १३ सय ३८ दशमलव ९४ अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि ८१ दशमलव ६२ अंकले घटेर २३ सय तीन दशमलव ५५ अंकमा झरेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय ६५ दशमलव ९४ अंकले घटेर सात हजार नौं सय ५५ दशमलव २२ अंकमा झर्दा जीवन बीमा समुहको सुचक पनि एक सय १४ दशमलव ८८ अंकले घटेर नौं हजार तीन सय २६ दशमलव ४२ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राधी जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रुरु जलबिद्युत परियोजना लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण कावेली पावर कम्पनी पहिलो स्थानमा परेको छ ।