काठमाडौं – अघिल्लो दिन बढेको नेप्से साताको पाँचौं कारोबार दिन आज बिहिबार भने घटेर पुरै रातै भएको छ । नेप्से आज १८ दशमलव तीन अंकले घटेर दु्ई हजार ३९ दशमलव ५४ अंकमा झर्दा सेन्सिटिभ पनि तीन दशमलव ७८ अंकले घटेर तीन सय ९४ दशमलव ५१ अंकमा पुगेको छ । दुई सय १९ वटा कम्पनीहरुको ३२ हजार नौं सय ४४ पटकको कारोबारमा ४२ लाख ३४ हजार एक सय १७ कित्ता सेयर किनबेच हुंदा आज कारोबार रकम एक अर्ब ७१ करोड ७४ लाख ३६ हजार सात सय ४१ रुपैंयाँ पुगेको छ ।
१३ वटा समुहको कारोबार हुंदा १३ वटै समुहहरुको सुचक घटेर नेप्से आज पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ८९ अंकले घटेर १३ सय ५९ दशमलव १६ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ३९ दशमलव १५ अंकले घटेर २४ सय २५ दशमलव ८४ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि २१ दशमलव ७३ अंकले घटेर आठ हजार एक सय ७७ दशमलव ९६ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि ५८ दशमलव ५६ अंकले घटेर नौं हजार चार सय सात दशमलव १९ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, ट्रेडीङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपरहेवा खोला हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मैलुङ खोला जलबिद्युत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमाल दोलखा हाईड्रो पावर कम्पनी परेको छ ।