काठमाडौं – धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण सेयरको बाँडफाँट कार्य सम्पन्न भएको छ । सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित उक्त संस्थाको प्रति सेयर अंकित मुल्य एक सय रुपैंयाँ रहेको तीन लाख १० हजार कित्ता साधारण सेयर मध्ये कर्मचारी तथा सामुहिक लगानीकोषलाई वितरण पश्चात बांकि भएको तीन लाख नौं हजार दुई सय ९५ कित्ता सेयर बाँडफाँट भएको छ ।
संस्थाको २०७९ साउन २४ गते देखि २०७९ साउन २९ गतेसम्म सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा १८ लाख ६५ हजार नौं सय २६ दरखास्तबाट कुल दुई करोड चार लाख ७५ हजार नौं सय ८० कित्ता सेयरको लागि आवेदन परेको थियो । उक्त निष्काशनमा आवेदन दिने १८ लाख ६५ हअजार नौं सय २६ जना आवेदकहरु मध्ये रित नपुगेका १२ हजार ८६ जना आवेदकहरुलाई बांडफांडमा समावेश नगरी बांकि १८ लाख ६४ हजार छ सय ४० जना आवेदकहरुलाई एउटै समुहमा राखि ३० हजार नौं सय २९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट तीन लाख नौं हजार दुई सय ९० कित्ता बांडफांड गरी बांकि रहेको ५ कित्ता शेयरको लागि बांडफांडमा परेका आवेदकहरु मध्येबाट थप पाँच जना सफल आवेदक छनौट गरी प्रति व्यक्ति एक कित्ताका दरले पाँच कित्ता समेत गरी जम्मा कुल तीन लाख नौं हजार दुई सय ९५ कित्ता सेयर बाँडफाँट गरिएको संस्थाले जानकारी दिएको छ ।
संस्थाका अनुसार नियमन निकायका प्रतिनिधिहरुको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंमा शेयर बाँडफाँड कार्य सम्पन्न गरिएको हो ।