सात वटा समुहले कमाउँदा छ वटा समुहले गुमाए
काठमाडौं – अघिल्लो दिन घटेको नेप्से आज मंगलबार भने बढेको छ । नेप्से आज एक दशमलव ८५ अंकले बढेर दुई हजार ५४ दशमलव ९८ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ५८ अंकले बढेर तीन सय ९७ दशमलव ६९ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय २२ वटा कम्पनीहरुको २७ हजार दुई सय दुई पटकको कारोबारमा ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम एक अर्ब ३३ करोड ३५ लाख ६० हजार आठ सय ५७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सात वटा समुहले कमाए पनि छ वटा समुहले भने गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ९८ अंकले बढेर एक हजार तीन सय ६१ दशमलव ४७ अंकमा पुग्दा जलबिद्युत, जीवन बीमा, ट्रेडीङ्ग, उत्पादनमुलक, अन्य र लगानी समुहहरुको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने १४ दशमलव ७६ अंकले घटेर तीन हजार सात सय ३६ दशमलव ४८ अंकमा झर्दा फाईनान्स, निर्जिवन बीमा, होटल तथा पर्यटन, लघुवित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रुरु हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ इक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमाल दोलखा हाईड्रो पावर कम्पनी परेको छ ।