बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

मंगलबार, भाद्र ७ २०७९

काठमाडौं । सुनचाँदीको मूल्य आज पनि घटेको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको हो । 

सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ३०० ले घटेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।