बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै घट्यो

सोमबार, भाद्र ६ २०७९

कारोबार भएका मध्ये सामुहिक लगानी कोष बाहेक सबै सुचक रातो 

काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से सुचक तथा कारोबार रकम दुबै घटेका छन । अघिल्लो दिन घटेको नेप्से आज सोमबार पनि सात दशमलव ३८ अंकले घटेर दुई हजार ५३ दशमलव १६ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव ४७ अंकले घटेर तीन सय ९७ दशमलव ११ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय २२ वटा कम्पनीहरुको ३१ हजार सात सय ९५ पटकको कारोबारमा ५२ लाख ३० हजार सात सय ६३ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ७२ करोड ६२ लाख ८७ हजार चार सय ३० रुपैंयाँ पुगेको छ । 

आज १३ वटा समुहको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी १२ वटा समुहहरुको सुचक उच्च अंकले घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ४८ अंकले घटेर १३ सय ५६ दशमलव ४९ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि १६ दशमलव ७३ अंकले घटेर दुई हजार चार सय ५२ दशमलव ५३ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ४७ दशमलव ३३ अंकले घटेर आठ हजार दुई सय १९ दशमलव ८९ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि दुई दशमलव ९५ अंकले घटेर नौं हजार चार सय नौं दशमलव ३८ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, ट्रेडीङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपरहेवा खोला हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईबिएल समृद्धि फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमाल दोलखा हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ ।