बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सुनको मूल्य घट्यो

सोमबार, भाद्र ६ २०७९

काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य घटेको छ । 
महासंघका अनुसार आज सुनको मूल्य २०० रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २०० रुपैयाँ घटेको हो । आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ११ सय ७० मा कारोबार भएको थियो।

चाँदीको मूल्य सोमबार अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो । सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।