बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

लगातार तेस्रो जित निकाल्दै आर्सनल शीर्ष स्थानमा

आइतबार, भाद्र ५ २०७९

काठमाडौँ : बर्नेमाउथलाई ३-० ले पराजित गर्दै आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा आर्सनललाई जित निकाल्न कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे भने विलियम सालिबाले एक गोल थपे । जितसँगै ३ खेलबाट ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ ।

बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा छ । ७ अंकसहित टोटनहम दोस्रो स्थानमा छ ।