बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सनराइज बैंकको अफरै अफरले भरिएको भाद्र 

बिहिबार, भाद्र २ २०७९

काठमाडौं – महिलाहरुको महान चाडँ हरितालिका तिज रहेको भाद्र महिना, महिलाहरुको लागि विशेष महिना मानिन्छ । महिलाहरुलाई प्राथमिकता दिदै आएको सन्राइज बैंकले महिलाहरुका लागि यस महिना विशेष योजना ल्याएको छ । तिजको लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्य नजर गर्दैै बैंकले भाद्र १ गते देखि भाद्र १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशत सम्म वा पाँच सय रुपैंयाँ नबढ्ने गरी क्यासव्याक दिने व्यवस्था गरेको छ । साथै भाद्र महिनाभरी सम्पूर्ण नारी बचत खाता खोल्ने वाखाता भएका नारीहरुले पहिलो वर्षको लागि फ्रि डेविट कार्ड, फ्रि मोवाईल बैंकिङ, फ्रि डिम्याट, फ्रि मेरो सेयर, फ्रि क्रेडिट कार्ड शुल्क तथा गरगहना राख्नको लागि लकर सुविधा लिन सकिने जस्मा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।

सन्राइज बैंकले सन्राइज नारी बचत खातामा १० हजार रुपैंयाँसम्मको प्रसुती खर्च र पाँच लाख सम्मको घातक रोग खर्च दिदै आएको छ । साथै स्वास्थ्य योजना अन्तर्गत एक लाख सम्मको स्वास्थ्य बीमा समेत दिदै आएको छ ।