काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आज पनि नुवाकोटस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ ।
आज सुरक्षा परिचालन गरेर फोहोर ढुवानीको तयारी छ । सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालकाअनुसार स्थानीय डाँडामा जम्मा भएर बसेका छन् । ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन् ।
नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन् ।
हिजोपनि काठमाडौंको फोहोर बोकेका १८६ गाडी बञ्चरेडाँडा पुगेका थिए । फोहोरका गाडीलाई स्थानीयले अवरोध गरेका थिए ।
‘फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौं,’ उनले भने ।
काठमाडौंको फोहोर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई हिजो दिनभर स्थानीयले अवरोध गरेका थिए । स्थानीयले ढुंगा र गुलेली हानेर अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।