काठमाडौं । पिपुल्स पावर लिमिटेडले मंगलबारदेखि निष्कासन गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ ।
मंगलबार २ लाख ८६ हजार ४९४ आवेदनबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई छुट्टाएको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरको १र४७ गुणा बढी हुन आउँछ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गरेको हो । त्यसमध्ये ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले भदौ ५ गतेसम्ममा मात्रै आवेदन खुल्नेछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ ।