सुचक तथा कारोबार रकम दुबै घटे
काठमाडौं – अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार भने घटेको छ । नेप्से आज २४ दशमलव ८३ अंकले घटेर दुई हजार ४१ दशमलव छ अंकमा झर्दा सेन्सिटिभ पनि तीन दशमलव ७५ अंकले घटेर तीन सय ९४ दशमलव ३९ अंकमा पुगेको छ । दुई सय २१ वटा कम्पनीहरुको ४३ हजार तीन सय ९२ पटकको कारोबारमा ६४ लाख छ हजार सात सय ३८ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम दुई अर्ब ७३ अर्ब ४८ लाख ५३ हजार ५८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ४२ अंकले घटेर १३ सय ५२ दशमलव ४८ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ७९ दशमलव दुई अंकले घटेर दुई हजार चार सय ११ दशमलव ३१ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय ४२ दशमलव एक अंकले घटेर आठ हजार एक सय ६८ दशमलव २७ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि ८६ दशमलव ५९ अंकले घटेर नौं हजार चार सय २९ दशमलव ९२ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक्, फाइनान्स, ट्रेडीङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपर हेवाखोला हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन पावर पार्टनर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने रिडी हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ ।