बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

सोमबार, साउन ३० २०७९

काठमाडौं । निर्वाचनको सीट बाँडफाँटका लागि गठित सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दैछ  ।

बैठक दिउँसो प्रधानमन्त्रीको रकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि गठबन्धनका दलबीच सिट बाँडफाँटको चाँडो टुंगो लगाउनका लागि बैठक बस्न लागेको हो ।

कार्यदलको बैठक यसअघि बिहीबार बसेको थियो । त्यसदिन भागबण्डाको मापदण्डमा छलफल भएपनि बैठक निष्कर्षमा पुगेको थिएन ।

आईतवार बसेको सत्तारुढ गठबन्धनको बैठकले सिट बाँडफाँट चाँडै टुंगो लगाउन निर्देशन दिएको थियो । भदौको पहिलो सातासम्ममा सीट बाँडफाँटसम्बन्धी सबै काम सक्ने भनिएको छ ।