बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

माओवादीको स्थायी कमिटी बैठक बस्दै, नागरिकता विद्येयकमा छलफल हुने

सोमबार, साउन ३० २०७९

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ ।

आगामी मंशिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दिएको जानकारी अनुसार बैठक आज १ बजे बैठक बस्नेछ । 

राष्ट्रपति बिद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएको भोलि पल्ट माओवादीले स्थायी समिति बैठक बोलाएकाले सो बारेमा पनि छलफल हुनेछ ।

राष्ट्रपति कार्यालयले नागरिकता विधेयक फिर्ता पठाएको भोलिपल्ट बस्न लागेको सत्तारुढ दलको यस बैठकलाई निक्कै चासोको साथ हेरिएको छ ।  माओवादी भित्रै उक्त विधेयकलाई लिएर पक्ष–विपक्ष देखिएको छ । एकथरीले राष्ट्रपतिको यो कदम स्वाभाविक भनेका छन् भने एकथरीले विरोध गर्दै आएका छन् ।

नागरिकता विधेयकको सम्बन्धनमा यस अघि अध्यक्ष प्रचण्डले राष्ट्रपति फिर्ता नपठाउने यदि पठाए फेरि संसदले राष्ट्रपतिसमक्ष पठाउने बताएका थिए ।

साथै बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको सहकार्य, आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।