काठमाडौं । धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा आइपुगेका छन् ।
धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी आइतबार बिहान काठमाडौं आइपुगेका हुन् ।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’
उनले प्राध्यापक डाक्टर सुरेन्द्र केसीसँगको फोटो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।