काठमाडौ – नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुन १३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म बोलकवोलका माध्यमद्धारा उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको हो ।
राष्ट्र बैंकका अनुसार जारी मिती साउन ३१ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । बिक्री गरिने कुुल टे«जरी मध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैंयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि क्रमश २०७९ भदौ २८ गते, २०७९ कार्तिक २९ गते र २०७९ फागुन दुई गते तोकिएका राष्ट्र बैंकको भनाई छ ।
भोलि बिक्री हुने यि ट्रेजरी पुरानो नविकरण अन्र्तगतको हो । यसअघि यही साउन २३ गते पनि सात अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको थियो ।