बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

देशलाई ओरालो लाग्न नदिन एमालेको सरकार आवश्यक : अध्यक्ष ओली

आइतबार, साउन २९ २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् । 

लोकतान्तित्रक शेर्पा सँघद्वारा शनिवार काठमाडौमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्रै चाहिने दाबी गरे ।

उनले नेकपा एमाले देश बनाउने सर्तमा मात्रै सरकारमा जाने पनि बताए । दसैंमा केटाकेटी रमाएजस्तो वा ल्होसारमा केटाकेटी खुसी भएजस्तो खुसी मनाउन मात्रै एमाले सरकारमा नजाने बताए । 
अध्यक्ष ओलीले एमाले बहुदलीय व्यवस्थाअनुसार प्रतिस्पर्धा गर्न तयार रहेको बताउँदै भने, “लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन”। देशमा द्वन्द्व हुँदा बाहिरी शक्तिको चलखेल बढ्न सक्ने र देशको अवस्था अप्ठ्यारोमा पर्ने उनको भनाइ थियो । उनले देशको राजनीतिलाई सही ढङ्गबाट बढाउनका लागि एमाले मजबुत हुनुपर्नेमा जोड दिए 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेको उद्देश्य शान्तिपूर्ण नेपाल र समृद्ध नेपाल रहेको भन्दै सामाजिक न्याय र समानतासहितको नेपाल निर्माण गर्न खोजिरहेको बताए । उनले राजनीतिक, आर्थिक र सामाजिक व्यवस्था सही ढङ्गले गर्नसके नेपाललाई सुन्दर बनाउन सकिने धारणा राखेका थिए ।