बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

वालिङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु 

बिहिबार, साउन २६ २०७९

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा वालिङ नगरपालिका–९ भुम्रेका ५५ वर्षीय वसन्त श्रेष्ठ रहेका छन् । 

गाहाखोलाबाट आँधीखोला जाने क्रममा ग १६ प ५४६१ नम्बरको स्कुटर आज बिहान ७ बजे दुर्घटना भएको हो । 

श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी थुमपोखरा स्याङ्जाले जनाएको छ ।