बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच भेटवार्ता, सहकार्य गरेर अघि बढ्ने सहमति 

बिहिबार, साउन २६ २०७९

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ सकमक्षी वाङ यीबीच भेटवार्ता भएको छ ।

तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री खड्काले येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् । 

भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ । दुई मन्त्रीले नेपाल(चीन सम्बन्धका विविधि पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्रमन्त्री खड्का बुधबार राति हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङबाट करिब दुई घन्टाको उडानबाट पुगिने छिङ्दाओ सहरमा ओर्लिएका हुन् । 

चिनियाँ विदेशमन्त्री वाङ यीबाट निमन्त्रणा पाएको नौ महिनापछि परराष्ट्रमन्त्री खड्का उत्तरी छिमेकीको औपचारिक भ्रमणमा निस्केका हुन् ।