बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै घट्यो

बुधबार, साउन २५ २०७९

दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए

काठमाडौं – नेप्से सुचक तथा कारोबार रकम दुबै घटेका छन । अघिल्लो दिन उच्च अंक्ले घटेको नेप्से आज बुधबार पुन घटेको छ । नेप्से पाँच दशमलव ९१ अंकले घटेर दुई सय ५६ दशमलव ८८ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव ६८ अंकले घटेर तीन सय ९५ दशमलव ७५ अंकमा पुगेको छ । दुई सय १८ वटा कम्पनीहरुके ३६ हजार एक सय ३४ पटकको कारोबारमा ४६ लाख ४० हजार आठ सय ४४ कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोबार रकम एक अर्ब ९३ करोड ५५ लाख २० हजार एक सय ४७ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहरुको कारोबार हुंदा उत्पादनमुलक र लगानी समुहहरुको सुचक बढेर बाँकी समुहको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ३१ अंकले घटेर १३ सय ५१ दशमलव २६ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि १२ दशमलव ३५ अंकले घटेर २४ सय ६१ दशमलव ७८ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि १५ दशमलव ९६ अंकले घटेर आठ हजार दुई सय ३२ दशमलव ५८ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि नौं दशमलव ७३ अंकले घटेर नौं हजार छ सय ७० दशमलव ७४ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पयर्टन, अन्य, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नागरिक लगानी कोष पहिलो स्थानमा परेको छ ।