बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१७ अंकले घट्यो नेप्से

सोमबार, साउन २३ २०७९

दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए

काठमाडौं – नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज सोमबार भने १७ दशमलव ६७ अंकले घटेर २१ सय छ दशमलव १६ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दशमलव ४१ अंकले घटेर चार सय छ दशमलव १४ अंकमा पुगेको छ । दुई सय १४ वटा कम्पनीहरुको ४४ हजार पाँच सय ५३ पटकको कारोबारमा ६५ लाख २७ हजार चार सय १४ कित्ता सेयर किनबेच हुंदा आज कुल कारोबार रकम दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार नौं सय ६१ रुपैंयाँ पुगेको छ । 

आज १३ वटा समुहको कारोबार भएकोमा उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव आठ अंकले घटेर १३ सय ७४ दशमलव ३७ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि २६ दशमलव ८८ अंकले घटेर २५ सय ५२ दशमलव सात अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ३६ दशमलव ४८ अंकले घटेर आठ हजार तीन सय ७१ दशमलव ९८ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि एक सय एक दशमलव ९२ अंकले घटेर नौं हजार आठ सय दुई दशमलव ९८ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जानकी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।