बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

प्रिती र राजेशको नयाँ तिज गित ‘भेलु बाजे डान्स’ सार्बजनिक(भिडियो सहित)

सोमबार, साउन २३ २०७९

काठमाडौं । लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तिज गित ‘भेलु बाजे डान्स’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ। प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ।

दर्जनौ चर्चित गीतहरुमा स्वर दिएर चर्चामा रहेकी गायिका प्रिती आले र लोकप्रिय गायक राजेश बर्देवाको सहकार्यमा तयार भएको सार्बजनिक म्यूजिक भिडियोलाइ गायिका प्रिती आलेले नै निर्देशन गरेकी छन् ।

दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाइ नबिन घर्ति मगरले सम्पादन गरेका हुन्।  भिडियोमा प्रिती आले र राजेश बर्देवा लगायत अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ।

 भिडियो हेर्नुहोस् :