काठमाडौं । चुनावमा सिट बाँडफाँड गर्न पाँच दलीय सत्तारुढ गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएको छ ।
गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेको हो ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुई–दुई जना सदस्य छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।
यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा छन् ।
कार्यदलको बैठक चाँडै बस्ने बैठकमा सहभागी एक नेताले बताए ।