बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

परराष्ट्रमन्त्री खड्का मंगलबार चीन जाने

शुक्रबार, साउन २० २०७९

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । उनले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका हुन् ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो । 

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन् । 

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा हुने परराष्ट्रले जनाएको छ । 

मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौँ फर्कने मन्त्रालयले जनाएको छ ।