शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

खोलामा फसेका चार जनाको सकुशल उद्धार

आइतबार, साउन १५ २०७९

काठमाडौँ : लालबन्दी नगरपालिका–१ स्थित लखनदेही खोलाको टापुमा ज.१ त ५१२३ नम्बरको ट्याक्टरमा फसेका ४ जना व्यक्तिहरूको शनिबार साँझ सकुशल उद्धार गरिएको छ । 

खोलामा आएको बाढीका कारण उक्त खोलाको बीच भाग टापुमा ट्याक्टर र चालक सहित ४ जना मानिस फसेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले स्थानीयवासीको सहयोगमा डोरी प्रयोग गरी उनीहरूको सकुशल उद्धार गरेको हो ।