शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

खोटाङ केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प 

आइतबार, साउन १५ २०७९

काठमाडौं ।  खोटाङ केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ः१३  बजे भूकम्प गएको छ । 
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्पको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।

पूर्वी नेपालसहित भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।

 भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन ।