काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशमा सुशासन नरहेको दाबी गरेका छन् ।
बिहीवार (हिजो) काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै कोइरालले यस्तो बताएका हुन् ।
नेता कोईरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताए । उनले अहिलेका राजनीति कर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताए । उनले राजनीतिक गर्नेहरुले जनतासँग जोडिन आवश्यक रहेको बताउँदै जनतासँग जोडिन कन्जुस्याईं गर्दा जनताले राजनीतिको फाइदा लिन नसक्ने बताए ।
नेता कोईरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको समेत बताए । आलस्य गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति यो अवस्थामा पुगेको उनको भनाइ थियो ।