शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

काठमाडौं उडेको यतीको जहाज इन्जिनमा खराबी आएपछि पोखरा फर्काइयो

शुक्रबार, साउन १३ २०७९

काठमाडौं । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको एक जहाज पोखरा नै फर्काइएको छ ।

 इन्जिनमा खराबीको संकेत देखिएपछि उक्त जहाज पोखरा नै फर्काइएको हो ।

यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएको हो ।

जहाज उड्दाउड्दै इन्जिनमा समस्या देखिएपछि पाइलटले खबर गरेर सकुशल अवतरण गराइएको थियो ।