बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से सुचक एवं कारोबार रकम दुबैमा उच्च बृद्धि, सबै सुचक हरियो

सोमबार, साउन ९ २०७९

काठमाडौं – नेप्से सुचक एवं कारोबार रकम दुबै नैं उच्च अंकले बढेका छन् । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से ५४ दशमलव ४५ अंकले बढेर २१ सय ३२ दशमलव ९६ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव पाँच अंकले बढेर चार सय सात दशमलव ३८ अंकमा चढेको छ । आज दुई सय १४ वटा कम्पनीहरुको ६४ हजार दुई सय ३१ वटा कम्पनीहरुको ९९ लाख ४४ हजार ४८ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम चार अर्ब १० करोड ६८ लाख १८ हजार नौं सय ४१ रुपैंयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोबार हुंदा १३ वटै समुहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दशमलव ५१ अंकले बढेर १४ सय ११ दशमलव ७० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय सात दशमलव १३ अंकले बढेर दुई हजार चार सय ४८ दशमलव ९६ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय २५ दशमलव ७७ अंकले बढेर आठ हजार तीन सय ६३ दशमलव ४२ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि दुई सय १० दशमलव ७९ अंकले बढेर १० हजार ३० दशमलव ६१ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, ट्रेडीङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मञ्जुश्री फाईनान्सको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।