के मौद्रिक नीति पश्चात बढ्ला नेप्से ?
काठमाडौं,नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन झण्डै छ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि २७ दशमलव २६ अंकले घटेर दुई हजार १७ दशमलव ४६ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव चार अंकले घटेर तीन सय ८६ दशमलव २४ अंकमा पुगेको छ । दुई सय १२ वटा कम्पनीहरुको २३ हजार आठ सय ३६ पटकको कारोबारमा ३३ लाख २० हजार पाँच सय १२ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम एक अर्ब ४४ करोड ३४ लाख ३२ हजार सात सय ७० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो बाँणिज्य बैंक समुहको सुचक १५ दशमलव १७ अंकले घटेर १३ सय ६७ दशमलव ३१ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३५ दशमलव ७८ अंकले घटेर २२ सय ९७ दशमलव ३४ अंकमा झरेको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि ३२ दशमलव ६५ अंकले घटेर आठ हजार एक सय १९ दशमलव ६६ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय नौं दशमलव ६७ अंकले घटेर नौं हजार छ सय १२ दशमलव शुन्य पाँच अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनुमलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहह्रुको सुचक पनि उच्च घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा किसान लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ । यसैबिच आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दे छ । गत बर्ष जारी भएको मौद्रिक नीति कै कारण लगातार घटेको नेप्से अब भने बढ्छ कि भन्ने अपेक्षा आम सेयर लगानीकर्ताहरुले गरेका छन् ।