काठमाडौं सत्ता घटक दल नेकपा एकीकृत माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीकाे बैठकले मुख्य चार वटा निर्णय गरेको छ ।
बैठकले स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिनदेखि विद्यार्थी संगठनमा देखिएको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । स्थायी कमिटी बैठकले विभिन्न चार वटा निर्णय गरेको पार्टी प्रवत्ता कृष्णबहादुर महराले बताए ।
यी हुन् निर्णय
१ स्थानीय तह निर्वाचनमा घात अन्तरघात गरेको आवाज उठेपछि र कतिपय केन्द्रीय सदस्यकाविरुद्ध समेत प्रश्न उठेकाले तीन जनाको छानबिन समिति गठन गरेको छ । पार्टीको अनुशासन विभागका संयोजक टंक राईको अध्यक्षतामा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन भएको हो ।
२ पार्टीको विद्यार्थी संगठनमा रहेको समस्या समाधान गर्न पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको सुझाव समिति गठन गरिएको छ । अब उनीको सुझावको आधारमा स्थायी कमिटीले आवश्यक निर्णय गर्ने छ ।
३ प्रदेश कमिटी र केन्द्रीय समितिबीच समन्वय कायम गर्न इन्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति गठन गरिएको छ । यो समिति आगामी निर्वाचनसम्मका लागि मात्रै हो । यसमा केन्द्रीय सदस्यहरु सबै र प्रदेशका पदाधिकारी सबै रहनेछन् ।
४ प्रदेशहरूमा प्रशिक्षण र बैठकहरू गर्ने ।
१६ साउनमा सुरु भएका बैठकहरू ३ भाद्रमा सकिनेछन् ।
१८ साउनमा गण्डकीमा,
२० साउन प्रदेश १ मा, २४ साउनमा लुम्बिनी,
२८ साउनमा सुदूरपश्चिममा,
२९ साउन कर्णालीमा, ३० साउन विशेष,
१ भदौ सम्पर्क समन्वय,
३ भदौमा प्रवास बैठक हुनेछ ।