बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

१३ अंकले बढ्यो नेप्से

बुधबार, असार २२ २०७९

तीन वटा समुहले गुमाउँदा १० वटा समुहले कमाए

काठमाडौं, नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने बढेको छ । नेप्से आज १३ दशमलव ३३ अंकले बढेर दुई हजार ४३ दशमलव ९२ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले बढेर तीन सय ८८ दशमलव ९१ अंकमा चढेको छ । दुई सय २८ वटा कम्पनीहरुको ३८ हजार आठ पटकको कारोबारमा ६२ लाख ६३ हजार तीन सय १० कित्ता सेयर खरिद किनबेच हुंदा कुल कारोबार रकम दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार सात सय एक रुपैंयाँ पुगेको छ ।

 नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा तीन वटा समुहहरुको सुचक घटेर बाँकी समुहको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ७३ अंकले घटेर १३ सय ६९ दशमलव १८ अंकमा पुग्दा निर्जिवन बीमा र सामुहिक लगानी कोष समुहको सुचक पनि शुन्य घटेका छन् । बिकास बैंक समुहको सुुचक भने ७२ दशमलव ७५ अंकले बढेर तीन हजार पाँच सय २६ दशमलव २० अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ३३ दशमलव ८४ अंकले बढेर २३ सय ७३ दशमलव ८३ अंकमा चढेको छ । फाईनान्स, जीवन बीमा, ट्रेडीङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि बढेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड परेको छ भनेबढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल क्रेडिट एण्ड कर्मश बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने गोर्खाज फाईनान्स पहिलो स्थानमा परेको छ ।