काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
उनले सोमबार जसपाबाट मन्त्रिपरिषदमा रहेकालाई हेरफेर गरेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन जना मन्त्री नियुक्त गरेकी हुन् । जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो ।
जसपाबाट नयाँ मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरू नियुक्त भएका हुन् ।
नवनियुक्त मन्त्रीहरूको आजै अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथग्रहण हुँदैछ ।

