काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै छन् ।
एमाले प्रमुख सचेतक विशल भट्टराईका अनुसार समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको छ ।
उनले भने, ‘एसपीपी लगायतका समसामयिक विषयमा धारणा राख्नुहुन्छ ।’
अमेरिकी स्टेट प्रोग्राम पार्टनरसिप (एसपीपी) मा सहभागी हुन नेपाली सेनाले ओली सरकारकै पालामा पत्राचार गरेको सार्वजनिक भएको थियो । तर, ओलीले भने पत्रको वैधानिकतामाथि नै प्रश्न उठाउँदै आएका छन् । उनले उक्त पत्रको ओरिजिकल कपी सार्वजनिक गर्न माग समेत गर्दै आएका छन् ।