बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

जसपाले फिर्ता बोलायो मन्त्री, नयाँ मन्त्री सिफारिस

सोमबार, असार २० २०७९

काठमाडौं । सत्तारुढ घटक जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले अन्तत: ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।

कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको स्रोतले बतायो ।

आइतवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताए । उनका अनुसार सम्भवत: आजै सपथ हुनेछ ।