काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यालय, च्यासलमा शुरु भएको छ ।
प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने छ ।
बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, बैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।
केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ।
हिजो बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको छ।
-तस्वीर विष्णु रिजालको फेसबुक पेजबाट