बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

हिलटेक ट्यांकीमा मतदान र  मतगणना गर्न एक महिना लगाउनेकाे सार्वजनिक खपतका लागि मिडियाबाजी: विष्णु रिजाल

शुक्रबार, असार १० २०७९

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले कांग्रेस महामन्त्रीद्धयलाई दह्रो व्यङ्य गरेका छन् ।

केही दिन अघि देशबाहिर रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गर्नुपर्यो भनेर कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले निर्वाचन आयोगमा अनुरोध गरेका थिए ।

उक्त अनुरोधलाई एमाले  प्रचार विभाग उप–प्रमुखसमेत रहेका रिजालले सामाजिक सञ्जाल मार्फत आफ्नो पार्टीको चुनाव गर्दा हिलटेक ट्यांकीमा मतदान गर्ने र मतगणना गर्न एक महिना लगाउनेले सार्वजनिक खपतका लागि गरेको मिडियाबाजी भएको टिप्पणी गरेका छन् ।

रिजालले लोकप्रियतावाद (पपुलिजम्) भनेको यही भएको बताउँदै उनले आफ्नो पार्टीको सरकार भएको र संसद्मामा पनि बहुमत नै रहेको होला भन्दै कानुन बनाएर दियो भने त निर्वाचन आयोगले कार्यान्वयन नगरी सुखै नभएको भन्दै व्यङ्य गरेका छन् ।

केही दिनअघि कांग्रेस महामन्त्रीद्वयले निर्वाचन आयोग पुगेर विदेशमा रहेका नेपालीहरूलाई पनि मताधिकारको सुविधा दिन ध्यानाकर्षण गराएका थिए ।