बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सुनको मूल्य २०० रुपैयाँले वृद्धि,  आज तोलाको कति ?

सोमबार, असार ६ २०७९

काठमाडौं । सुनको मूूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ ।  आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार  आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । 

त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।